एमसीसीका कारण मुलुक द्वन्द्वमा फस्ने देखिन्छ : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमसीसी देशको अहितमा रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै नेमकिपा अध्यक्ष बिजुक्छेले अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण नेपाल युद्धमा फस्ने स्थिति आएको बताएका हुन् ।

विजुक्छेले भने, ‘एमसीसी पारित भएपछि के थाह भयो भने दक्षिण एसियाली मुलुकहरुमा अमेरिकाले आफ्नो प्रभाव फैलाउँदै जानेछ । जसका कारण दक्षिण एसियाली मुलुकमा युद्धको खतरा बढ्दै गएको छ। ‘

अहिलेको सरकारले एमसीसी पास गर्‍यो तर  नेमकिपाले निरन्तर त्यसको  विरोध गरेको उनले बताए।

अहिले संसारमा दक्षिणपन्थीहरुको प्रभाव बढ्दै गएको उनको भनाइ छ। बिजुक्छेले भने, ‘हिन्दुस्तान र चीनको सीमा विवादमा मद्यत गर्नुभन्दा आगोमा घ्यु थप्ने काम पश्चिमा देशहरुबाट भइरहेको छ । तेस्रो विश्वयुद्ध एसियामा भयो भने झन गाह्रो हुन्छ । यसियालीहरुबीच झगडा खेल्ने काम भएको छ । युक्रेनको समर्थनमा नेपालले बोल्न हुँदैनथ्यो।’

Share your love