डा.मधु गुप्तद्वारा पोखरिया बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता

वीरगंज -जनता समाजबादी पार्टीकी नेतृ डा.मधु गुप्ता पर्सा क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सभा सदस्यको लागी आज आईतबार उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पर्साको पोखरियामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगी डा.गुप्ताले प्रदेश सभा तर्फ आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो ।

नेकपा एमाले र जसपाको संयुक्त गठबन्धनबाट प्रदेश दभा सदस्यमा डा.गुप्ताको उम्मेदवारी दर्ता भएको हो ।

उम्मेदवारी दर्ताको क्रममा जसपा नेता कार्यकर्ता र एमाले पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता संगै एमालेका नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।

Share your love