जनार्दन शर्माद्वारा रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधि सभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज आइतवार दिउँसाे खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आउनुभएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिनुभएको हो । त्यस्तै प्रदेश सभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेश सभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिनुभएको छ । अन्य राजनीतिक दलहरूले पनि उम्मेवारी दिँदै छन् ।

 

Share your love