डा.मधुलाई जिताउन झौवामा रणनीतिक छलफल

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीलाई जिताउनको लागी बिन्दवासिनी गाउँपालिको झौवामा रणनीतिक छलफल भएको छ ।

डा.मधुलाई जिताउन कुनै कसर बाकि नराख्ने छलफल भएको जसपाका युवा नेता पवन सिंहले बताउनुभएको छ ।

त्यसक्रममा बिन्दवासिनी गाउँपालिका पूर्व पालिका अध्यक्ष श्रीलाल सह कानु , जसपा नेता हनिफ अंसारी , संजय चौहान , बुधन साह , लियाकत अंसारी लगायतको सहभागिता रहेको जसपा पर्साका क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताउनुभयो ।

Share your love