जित निश्चित भएको देखेर विरोद्धिहरु अतालिएको डा.मधुको भनाई

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले आफ्नो जित सुनिश्चित भएको देखेर विरोद्धिहरुले अतालिएको बताउनुभएको छ ।

उहाले स्थानीय सञ्चारकर्मी संगकुरा गर्दै आफ्नो जित निश्चित भएको हुदा देखेर विरोद्धिहरुले आतिएको बताउनुभएको हो ।

जनताले मलाई मत दिनको लागी मङ्सिर ४ गतेलाई पर्खी रहेको हुदा मेरो जित निश्चित रहेको छ बताउदै डा.मधुले त्यसलाई हेरे सहन नसकेर विरोद्धिहरु बिना तथ्यको आफुलाई बदनाम गर्न खोजेको प्रति आपति जनाउनुभयो ।

उहाले बिना कुनै प्रमाणको भ्रममा नपर्न सम्पूर्ण पर्सा क्षेत्र नम्बर ३ ( ख ) का जनतालाई आग्रह गर्नुभएको छ ।

Share your love