ट्र्याक्टर घरमाथि खस्दा एक जनाकाे ज्यान गयाे

बाग्लुङमा ट्र्याक्टरले किच्दा एक युवकको ज्यान गएकाे छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यान गएको हो ।

बडीगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध १ त ६०९ नम्बरको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्र्याक्टरले च्यापिँदा सलामी घाइते भएका र उद्धार गर्दा गर्दै ज्यान गएकाे खड्काले बताउनुभयो ।

ट्र्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरले पार्किङ गरी राखिएको लु ६३ प ९०९ नम्बरको स्कुटर च्याप्दा पूर्णरूपमा क्षति भएको छ ।

 

Share your love