टी–२० विश्वकपः इंग्ल्यान्डलाई जितका लागि १३८ रनको लक्ष्य

अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि सहज लक्ष्य प्रस्तुत गरेको छ। मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो।

पाकिस्तानका लागि सन मसुदले ३८ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै कप्तान बाबर अजामले ३२ रन बनाउँदा शदाव खानले २० रन बनाए। त्यस्तै ओपनर मोहम्मद रिजवानले १५ रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

इंग्ल्यान्डका लागि साम कुरानले सर्वाधिक ३ विकेट लिँदा आदिल रसिद र क्रिस जोर्डनले समान २–२ विकेट लिएका थिए। थप १ विकेट बेन स्टोक्सको नाममा रह्यो।

Share your love