ओलीले देउवालाई भने– ‘गृहमन्त्री हुँदा १२२ जना मान्छेको हत्या गर्नुभयो’

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्माओलीले एमालेले देशको स्वाधीन अर्थतन्त्रका लागि बनेको पार्टी एमाले भएको बताएका छन् । एमाले जनताका नाममा आतङ्क मच्चाउने पार्टी नभइ देशमा विकास र समृद्धि ल्याउने पार्टी रहेको ओलीले बताए ।

चुनावी सभालाई सम्बोधन गर्न दैलेखको जम्बुकाँध पुगेका ओलीले पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई के काम गर्नुभयो ? भन्दै प्रश्न गरे ।  उनले आफ्नो पार्टीले नै सबै काम गरेको दाबी गरे । उनले देउवा गृहमन्त्री हुँदा मान्छेहरू मारेको आरोप लगाए ।

उनले भने,‘ देउवाले के गर्नुभयो ? गृहमन्त्री हुँदा सर्वसाधारण १२२ जनालाई गोली हानेर हत्या गर्नुभयो । ५० प्रतिशत एमाले कार्यकर्तालाई पक्राउ गर्नुभयो ।’

Share your love