जसपा संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन

जनता समाजवाद पार्टी (जसपा) काे संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन हुनुभएकाे छ ।

आज बुधवार यादवलाई संसदीय दलकाे नेतामा सर्वसम्मतरूपमा चयन गरिएकाे पार्टीले जनाएकाे छ । उहाँ पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिनुहुन्छ ।

यसअघि दलको नेता छान्न निर्वाचन कार्यतालिकासमेत तय भएकाे थियाे । तर अन्तिम समयमा सहमतिमै दलकाे नेता चयन गरिएकाे हाे । दलकाे नेतामा यादवसहित सङ्घीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवकाे दाबी रहेकाे थियाे ।

 

Share your love