धनुषामा काकीकाे हत्या गरेकाे आराेपमा भतिज पक्राउ

धनुषामा काकीकाे हत्या गरेकाे आराेपमा भतिज पक्राउ परेका छन् । ३० वर्षीया काकी कवितादेवी साहकाे हत्या गरेकाे आराेपमा विदेह नगरपालिका ७ का २० वर्षीय दीलिपकुमार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसअघि प्रहरीले साेमवार बेलुकी कवितादेवीकाे आफ्नै घरमा करेन्ट लागेर ज्यान गएकाे र उहाँकी १४ महिनाी छाेरी घाइते भएकाे जानकारी प्राप्त गरेकाे थियाे । तर यस घटनाकाे अनुसन्धान गर्दै जाँदा प्रहरीले दीलिपले हत्या गरेकाे खुलेकाे प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।

प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुग्दा अनुहारमा गहिराे चाेट लागेकाे अवस्थामा कवितादेवीकाे शव फेला परेकाे थियाे । अनुसन्धान गर्दै जाँदा दीलिपलाई शङ्कास्पद अवस्थामा फेला पारेको र उनको हातका औँला र घाटीकाे भागमा चिथाेरिएकाे दाग देखिएको थियो । प्रहरी नायब उपरीक्षक क्षेत्रीका अनुसार दीलिपले रगत लागेकाे गन्जी र पाइन्ट झाेलाभित्र लुकाएर राखेकाे अवस्थामा भेटिएकाे थियाे ।

Share your love