जसपा र नेकपा एमालेको गठबन्धनका उम्मेदवारद्वारा पर्सागढीको बिभिन्न टोलमा घरदैलो

वीरगंज –जनता समाजबादी पार्टी नेपाल  र नेकपा एमालेको गठबन्धनबाट रहनुभएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार र प्रदेश सभा सदस्यका उम्मेदवारले  शनिबार  पर्साका पर्सागढी नगरपालिकाका बिभिन्न टोलमा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

जसपा र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर दुईका लागी प्रतिनिधि सभा सदस्यका उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मी र क्षेत्र नम्बर दूईको ( क ) मा प्रदेश सभा सदस्यला उम्मेदवारी दिनुभएको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले आज पर्सागढी नगरपालिकाको वडा नम्बर दुईका छ्तवन टाडी, काटानी, झोङड, खेखरिया, शन्तिटोल, पिप्राव्ध, बागवाना, घोड्पासरा र औरहियमा घरदैलो कार्यक्रम गर्नुभएको जसपा पर्साका सचिव तवरेज अहमदले जानकारी दिनुभयो ।

घरदैलोको क्रमममा पर्सा निर्वाचन क्षेत्र नम्बर दुईका मतदाता संग भेटेर जसपा , नेकपा एमालेका गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कुर्मी र प्रदेस सभा सदस्यका उम्मेदवार यादवले जसपाको चुनाव चिन्ह छातामा मतदान गर्न त्यस भेगका मतदाताहरु संग आग्रह गर्नुभएको जसपा पर्सा सचिव अहमदले बताउनुभएको हो ।

जसपा सचिव अहमदका अनुसार नेकपा एमाले पर्सागढी नगरपालिकाका नगर अध्यक्ष दुर्गा लामिछानेको नेतृत्वमा जसपा बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कुर्मी र प्रदेश सभा सदस्यका उम्मदेवार यादवले घरदैलो कार्यक्रम गर्नुभएको हो । त्यस क्रममा जसपा र नेकपा एमालेका नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको जसपा पर्सा सचिव अहमदले बताउनुभयो ।

Share your love