साफ च्याम्पियनसिपका लागि १५ वर्ष मुनिको महिला टोलीको घोषणा

१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले हिजो २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिन् ।

१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप बंगलादेशमा आउँदो नोभेम्बर १ देखि १२ तारिखसम्म हुनेछ ।

टोलीमा छनाेट भएका खेलाडीलाई दिइएकाे जिम्मेवारी यस्ताे छ :

गोलकिपर : राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डर : सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही
मिडफिल्डर : सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन
फरवार्ड : दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार ।

Share your love