जसपा, रास्वपा र राप्रपा नेताहरु बालकोटमा

जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु एमाले अध्यक्ष केपी ओलीसँग छलफलमा जुटेका छन्। सत्तागठबन्धनमा सहमति नजुटेपछि साना दलहरु एमालेसँग छलफलमा जुटेका हुन्।

माओवादी अध्यक्ष प्रचण्ड नपुग्दै जसपाका अशोक राई, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङदेन बालकोट पुगेका छन्। कांग्रेसले पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री दिन नचाहेपछि प्रचण्ड बालुवाटार बैठक छाडेर हिँडेका थिए।

प्रचण्डले बैठक छाडेर हिँडेपछि कांग्रेसले गठबन्धन टुटेको बताएको छ। गठबन्धन टुटेसँगै एमाले र साना दलहरु छलफलमा जुटेका छन्। प्रचण्ड नपुग्दै बालकोटमा जसपाबाट अशोक राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवी लामिछाने र राप्रपाका राजेन्द्र लिङदेन बालकोटमा पुगेका छन्।

Share your love