जसपा नेता रौनियार र मन्त्रि राईबीच भेटवर्ता

वीरगंज – जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य नेता हरिनारायण रौनियार र भौतिक पूर्वाधार विकास मन्त्रि ईस्तियाक राईबीच भेटवर्ता भएको छ ।

भेटका क्रममा नेता रौनियारले पर्सा क्षेत्र नम्बर ३ मा निर्माण हुने सडक र पूलको कामलाई तादरुक्ताको साथ् अगाडी बढाउँमा भूमिका निर्वाह गर्दिन आग्रह गर्नुभएको छ ।

नेता रौनियारले बहुअर्वा भट्टा , पोखरिया र बिश्राम्पूरमा निर्माण हुने सडक र फुलकौल विश्राम्पूर जोड्ने धोंगाही खोलाको पूल निर्माणलाई प्राथमिकताको साथ अगाडी बढाउँन मन्त्री राईको ध्यानाकर्ष्ण गर्नुभयो ।

त्यसैगरी बेलवा खोलमा पूल निर्माण , हर्प्त खोलामा पूल निर्माण लगायतका निर्माण कार्यलाई प्राथमिकताको साथ अगाडी बढाउन मन्त्रि राई संग नेता रौनियारले आग्रह गर्नुभयो ।

Share your love