जसपा-एमाले गठबन्धनका नेता भन्छन् – पर्सा ३ को विकास र समृद्धिका लागि साझा उम्मेदवारलाई भोट

पर्सा क्षेत्र नं. ३ मा नेकपा एमाले र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु साझा उम्मेदवारलाई जिताउन कम्मर कसेर लागेका छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार गुप्तासँगै प्रदेशसभा सदस्यमा क र ख बाट क्रमशः मञ्जुर आलम र डा. मधु गुप्ता कुर्मीलगायतका नेता र कार्यकर्ताहरु संयुक्त घरदैलोमा यो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

गुप्ताले विगतमा पटकपटक जितेर पनि पर्साको विकासका कुनै योगदानमा नपु¥याएका नेताहरु विपक्षी पार्टीबाट आफ्नो प्रतिस्पर्धामा उत्रिएको भन्दै आफ्नो जीत निश्चित भएको दाबी गरे । उनले नेपा एमाले जसपाका साझा उम्मेदारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

प्रदेशसभा सदस्य उम्मेदवार डा. मधु गुप्ता कुर्मीले पर्सा क्षेत्र नंं ३ जसपा एमालेका साझा उम्मेदवारको जीत नै जिल्लाको विकासको आधार भएको बताइन् । जसपा नेता हरिनारायण रौनियारले पर्सा ३ को विकासका लागि यो क्षेत्रबाट जसपा एमाले तालमेलका नेताहरुको जितको खाँचो औंल्याए ।

जसपा केन्द्रीय सदस्य सल्मा खातुनले चुनावी तालमेल चुनावसम्म मात्रै नहुने भन्दै विकास र समृद्धिको लागि जसपा र एमालेबीच सहकार्य हुने स्पष्ट पारिन ।

उनले पनि साझा उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गरिन् । नेकपा एमालेका नेता शिव पटेलले विपक्षी दलका उम्मेदवारको हार निश्चित भएको भन्दै मतदातालाई एमाले र जसपा गठबन्धमा भोट हाल्न आग्रह गरे ।

Share your love