बिश्रामपुरमा जसपा एमालेको सम्पर्क कार्यालय उद्घाटन

वीरगंज –आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जसपा , एमालेको सम्पर्क कार्यालय पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर १ बिश्रामपूरमा उद्घाटन गरिएको छ ।

पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमारले त्यस कार्यालयलाई रिबन काटेर उद्घाटन गर्नुभएको नेकपा एमालेका नेता शिव पटेलले जानकारी दिनुभयो ।

एमाले जसपा गठबन्धनबाट प्रदेश सभा सदस्यकी उम्मेदवार रहनुभएको डा.मधु गुप्त कुर्मी , पर्सा क्षेत्र नम्बर ३ का निबर्तमान प्रतिनिधि सभा सदस्य हरि नारायण रौनियार , एमाले नेता शिव पटेल लगायत स्थानीयको उपस्थिथि थियो ।

Share your love