जबरालाई राेक्न बार एसाेसिएशनले अदालत परिसरमा धर्ना सुरु गर्‍याे

सङ्घीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाअभियोग निष्क्रिय भएको पत्र पठाएपछि नेपाल बार एसोसिएशनले आन्दोलन थालेको छ ।

निलम्बित प्रधानन्यायाधीश जबरालाई रोक्न नेपाल बार एसोसिएशनले अदालत परिसरमा धर्ना सुरु गरेको छ । बारले महाभियोग निष्क्रिय पार्ने संसद्का महासचिवको निर्णय गैरकानुनी भएको दाबी गरेको छ ।

संसद्का महासचिवले संसद्कै अपमान गरेको र कतैबाट परिचालित भएर निर्णय गरेकाले यसको विरोध गरिएको बारले जनाएको छ । महासचिव गौतमको पत्र नै गैरकानुनी भएको बारको आरोप छ ।

 

Share your love