जनतामा तत्काल आशा जगाउने योजना कार्यान्वयन गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादन वृद्धि, रोजगारी सृजना हुनेजस्ता जनतामा तत्काल आशा जगाउने योजनाहरु तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मंगलबार लगानी बोर्ड बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव डा. वैकुण्ठ अर्याल र लगानी बोर्डका सिईओ सुशिल भट्टलाई सो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको विकास हुने भएकाले त्यस अनुकुल हुनेगरी सरकारले अध्यादेशमार्फत ९ वटा ऐन संशोधन गर्न लागेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको कामलाई अघि बढाउने कुरामा नडराउन पनि कर्मचारी प्रशासनलाई सचेत गराउनुभयो । उहाँले कर्मचारी प्र्र्र्रशासनले आफूहरुको स्पिड अनुसार काम गर्न नसकेको गुनासो गर्दै नयाँ ढंगले काम गर्न पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले लगानी सम्मेलन लगानीका लागि नयाँ सन्देश दिने गरी सम्पन्न हुनेगरी तयारी गर्नुपर्ने पनि बताउनुभयो । प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सरकारले साना सिंचाईको कार्यक्रमलाई विशेष व्यवस्था गर्ने पनि बताउनुभयो ।

उत्पादन बढाउने, रोजगारी पनि दिने भएकाले सरकारले यस्ता साना कार्यक्रमलाई विशेष जोड दिन चाहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *