चोरीको मोटरसाईकल सहित पर्सामा दुई जना प्रक्राउ

उनीहरुको साथबाट कात्तिक ७ गते चोरी भएको बागमती प्रदेश ०३–००३ प ३६७८ नम्बरको एनएस पल्सर मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिए । कात्तिक ७ गते अपरान्ह ४ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १४ बस्ने प्रधुमन कुमार पटेलले मोटरसाईकल हराएको भन्दै खबर गरेका थिए ।

पार्किङ गरी राखिएको ठाउँबाट मोटरसाईकल चोरी भएको सूचना आए लगत्तै प्रहरीले खोजतलास गरेको थियो ।वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज-२१ स्थित सडकखण्डमा चेक जाँचको क्रममा कात्तिक ११ गते साँझ साढे पाँच बजे मोटरसाईकल बरामद गरेको थियो ।

रामजनम र सुनिल चोरी भएकै मोटरसाईकलमा सवार थिए। अनुसन्धानको क्रममा उनीहरुले नै मोटरसाईकल चोरी गरेको तथ्य खुलेपछि आवश्यक कानुनी कारबाही प्रक्रिया सरु गरिएको प्रहरीले जनाएको छ ।
Share your love