नगदसहित पाँच जना जुवाडे पक्राउ

प्रहरीले वीरगञ्जबाट जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–८ का अशोककुमार कानु, दीपलाल चौरसिया, वडा नम्बर ७ का अजैुन तुरहा, वडा नम्बर १६ का सानु शाही र वडा नम्बर ५ का रमेश खड्गी छन्।

प्रहरीले वीरगञ्ज–८ गहवास्थित रमेश खड्गीको खाजा, नास्ता र मदिरासमेत खानपिन गर्ने होटलमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट एक सेट ताससहित ९३ हजार १ सय ५० रुपैयाँ नगद बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए। उनीहरूलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको गिरीले बताए।

Share your love