चुनावमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावमा उत्साहपूर्वक सहभागिता जनाउन अपिल गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एक सन्देश जारी गरी मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले चुनावमा सहभागिता जनाउन अपिल गर्नुभएको हो ।

उहाँले चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक लगायत सरोकारवाला सबैमा अनुरोध गर्नुभएको हो ।

चुनावबाट शासन प्रणालीमा नागरिकले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्ने राष्ट्रपति भण्डारीले बताउनुभएको छ । निर्वाचित गरेका जनप्रतिनिधिबाट देशको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।

Share your love