प्रतिनिधि सभाका उम्मेदवार जालिमका छोरा जाली मतपत्रसहित पक्राउ

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का एमाले जसपा गठबन्धनका उम्मेदवार जालिम मियाँका छोरा नक्कली मतपत्र सहित पक्राउ परेका छन । जालिम मियाँ मन्सुरीका छोरा सरिफ मियाँ मन्सुरी पर्साको कालिकामाई गाउँपालिकाबाट पक्राउ परेका हुन् ।

 नेपाली सेनाको गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पोखरियाको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय पोखरिया पुष्टि गरेको छ ।

उनको साथबाट ६०० मतपत्र बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धानई भईरहेको उहाँले बताउनुभयो ।

Share your love