चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका प्याकहरू

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको बेला अपडेटेड रहन एनसेलले विभिन्न डेटा र भ्वाइस प्याक ल्याएको छ । यी प्याकहरूले ग्राहकलाई सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने र सेवा सहज हुने कम्पनीले जनाएको छ ।

ग्राहकले दैनिक, साप्ताहिक वा मासिक प्याक छनोट गर्न सक्छन् । ग्राहकले करसहित मात्र ४८ रुपैयाँमा २४ घन्टा अर्थात् एक दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्कमा पठाउन मिल्ने ४० अल नेट एसएमएस प्याक लिन सक्छन् । एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२५ह्यास डायल गरि यो प्याक लिन सकिन्छ ।

डेटा सेवामा ग्राहकले डबल मजा प्याकअन्तर्गत सात दिनको समय सीमा रहेको पाँच जीबी डेटा र एक जीबी नाइट डेटा प्रयोग गर्न सक्छन् ।  एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरि यो प्याक सुरु गर्न सकिन्छ । डबल मजा प्याक खरिद गर्ने ग्राहकले यही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरि डबल फाइदा लिन सक्छन् । यसको अर्थ ग्राहकले पाँच जीबीको प्याक फेरि किन्दा १० जीबी डेटा प्राप्त गर्छन् । त्यस्तै मात्र २९ रुपैयाँमा ग्राहकले एक दिने एक जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२६ह्यास डायल गरि यो प्याक लिन सकिन्छ ।

त्यस्तैगरी भ्वाइस सेवाअन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरि कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्छन् । यो प्याकमा रहेको पाँच सय मिनेट अल नेट कल मात्र दुई सय ६५ रुपैयाँमा सुरु गर्न सकिन्छ । एस्ट्रिक्स१७११८एस्ट्रिक्स३ह्यास डायल गरी प्याक सुरु गर्न सकिन्छ । एनसेल एप र वेबसाइट मार्फत पनि यो प्याक खरिद गर्न सकिन्छ ।

अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको आठ सय ७५ मिनेट अन नेट टक टाइम (हरेक दिन एक सय २५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र ९५ रुपैयाँमा सुरु गर्न सक्न्छि ।  एस्ट्रिक्स१७११८एस्ट्रिक्स६ह्यास डायल गरि यो प्याक सुरु गर्न सकिन्छ ।

Share your love