घरघरमा मधु, जनजनमा मधु

जनजनमा जसपा एमालेका साझा उम्मेदवार डा. मधु गुप्ता कुर्मीले घरदैलो कार्यक्रमलाई तीव्र पारेकी छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरुले मतदातालाई भेटेका हुन् ।

पर्सा क्षेत्र नं. ३ (ख) मा जसपा एमालेको साझा उम्मेदवार गुप्ताले मतदाताहरुलाई भेट्दै आफ्नो क्षेत्र र पर्सा जिल्लाको समग्र विकासका लागि आफू लागिपर्ने बताइन् ।
स्थानीय विकास र समृद्धिका विषयलाई आफूले एजेण्डाको रुपमा अघि बढाउने बताइन् ।

स्थानीय अविकास, असमानता र विभेदको अन्त्यका लागि आफू राजनीतिमा आएको बताउँदै गुप्ताले जसपा एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन ।

 

Share your love