के नागरिकता पाउनको लागी आत्मदाह नै गर्नुपर्छ ? सरकार !

सरकारले समयमा नै नागरिकता विधयेकलाई कानुनि रुप नदिदा नेपाली आमा बुवाका सन्तान अनागरिक भएको र उनीहरु नागरिकता नपाएर निरासा भएको सांसद लक्ष्मी तिवारीले प्रतिनिधि सभाको बैठकमा बताउनुभएको छ ।

शुन्य समयमा बोल्दै सांसद तिवारीले पढाई लेखाई गरी दक्षता हासिर गरेको भएपनि नागरिकता नहुदा केहि गर्न नसकिरहेको हुदा त्यस्ता नागरिकको समस्या तत्काल समाधान गर्ने तर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो ।

उहाले नागरिकता पाउन पनि के अब नागरिकले आत्मदाह नै गर्नुपर्ने भन्दै सभामुख मार्फत सरकार संग प्रश्न समेत गर्नुभयो ।

Share your love