कालिकामाईको भेडियारीमा आगलागी हुदा लाखौको क्षती

वीरगंज – पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीको एउटा घरमा शनिबार विहान आगलगी भएको छ । स्थानिय अच्छेलाल साह तेलीको घरमा आगलगी हुँदा रु दुई लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीले कंची (खप्डा) को घर पूर्ण रुपले जल्नुको साथै घरमा रहेको ढोका २ थान, टायर एक थान, चौकी एक थान र काठ एक टेलर जलेर नष्ट भएको पिडित साहले जानकारी दिनुभयो । आगो तापनका लागी बालिएको आगो शनिबार विहान ४ बजे सल्केर आगलगी भएको स्थानियहरु बताएका छन् । पोखरीया नगरपालिकाबाट पुगेको बारुण यन्त्र र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागी भएको घर नजिकै स्थानिय तपसी बरैको ग्यास, सिलिन्डरको पसल रहेकोले समय मै आगो नियन्त्रण हुँदा धेरै क्षती हुनेबाट जोगिएको स्थानिय राजेन्दर राउत बरैले वताउनुभयो  ।

Share your love