काभ्रेको भुम्लुमा जीप दुर्घटना, १० जना घाइते

 

काभ्रेपलाञ्चोकको कोशीपारिमा रहेको चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको जीप भुम्लु गाउँपालिका–५ मुलाबारीमा दुर्घटना भएको छ ।

आज बिहान भएको दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

जीप अनियन्त्रित भई सडकबाट तल खसेको थियाे । गाडीमा आठ जना महिला र दुई जना पुरुष रहेका थिए ।

Share your love