काठमाण्डौको हितमा काम नगर्ने भए सिंहदरबार सार्न केन्द्र सरकारलाई मेयर शाहको सुझाव

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकारलाई काठमाण्डाैकाे हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न सुझाव दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहले काठमाण्डौको हितमा काम गर्न आग्रह गर्दै त्यसो गर्न नसके सिंहदरबार अरू पालिकामा सार्न सुझाव दिनुभएको हो । उहाँले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाण्डाैवासीलाई आपत्ति नहुने पनि बताउनुभएको छ । शाहले काठमाण्डाैवासीलाई राजनीति नभएर सम्पदा, संकृति, कला, सभ्यता चाहिने उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ. ‘कि काठमाण्डाैकाे हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाण्डाैवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सम्भता चाहिन्छ, राजनीति होइन ।’

सङ्घीय सरकारले सहयोग नगरेको भन्दै मेयर शाहको निर्देशमा सिंहदरबारको फोहोर उठेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि मन्त्रिपरिषद्को बैठकले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी महानगरपालिकाकै भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने जनाएको थियो । सङ्घीय सरकारले यस्तो निर्णय गरेपछि मेयर बालेन्द्र शाहको यस्तो अभिव्यक्ति आएको हो ।

 

Share your love