कांग्रेसले आजदेखि देशभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेसले अभियान चलाउन लागेको हो ।

अभियानअन्तर्गत तीन चरणमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । पहिलो चरणमा आजदेखि २४ गतेसम्म नागरिकको घरदैलोमा पुग्ने कार्यक्रम छ । दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि अभियान चल्नेछ ।

अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गइ जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।

अभियानमा नागरिकका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ ।

Share your love