काँग्रेस ब्रिफकेसवादी भईसकेको नेता द्विवेदीको टिप्पणी

नेपाली काँग्रेस पर्साका पूर्बसभापति अजय द्विवेदीले काँग्रेस गठबन्धनको जालोमा परेको बताएका छन् । काठमाडौंमा शनिबार नेपाली कांग्रेस संस्थापन इतर ९शेखर कोइराला० समूहले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै संविधानसभा सदस्य समेत रहेका द्विवेदीले गठबन्धनको जालोमा परेर काँग्रेसले बाटो बिराएको बताए । उनले पार्टी नेतृत्वका कारण काँग्रेस समाजवादी नभइ सत्तावादी बनेको बताए।

पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैली प्रति आक्रोश पोख्दै द्विवेदीले भने, अहिले काँग्रेस विचारवादी होइन ब्रिफकेसवादी भएको छ, काँग्रेस कार्यकर्ताको पार्टी होइन कारिन्दाको पार्टी भएको छ ।उनले अहिले काँग्रेस कहाँ जादैछ , कस्तो काँग्रेस बन्दैछ रु भनेर देशभरका कार्यकर्ताले सोधिरहेको बताए ।काँग्रेसलाई बिगार्नेहरुको विरोभमा यो खबरदारी सभा गरिएको पनि उनले प्रष्ट पारे ।

नेता द्विवेदीले बहुमतको बलमा विभेद नचल्ने भन्दै भने, जहाँ विभेद हुन्छ त्यहा विद्रोह हुन्छ,जहाँ विभेद हुन्छ त्यहा प्रतिकार पनि हुन्छ, यो चेतावनी म पार्टी नेतृत्वलाई यहि खबरदारी सभाबाट दिन चाहन्छु । पार्टी नेतृत्वलाइ देशभरका आम कार्यकर्ताको भावना र चाहना बुझ्न आग्रह गर्दै उनले भने, काँग्रेसलाई नबिगारि दिनुस् , किन कि बहुमतको बलमा अब विभेद चल्दैन ।

पार्टीको केन्द्रीय महाधिवेशनमा सभापतिमा पराजित डा। शेखर कोइराला समूहले पार्टीभित्र अवसर र न्यायका लागि भन्दै थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा आयोजना गरेको खबरदारी सभामा कोइराला पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति, उनी पक्षीय भ्रातृ संस्थाका नेता र ४ मंसिरको चुनावमा उम्मेदवारको आकांक्षी रहेका नेताहरु सहभागी थिए ।

Share your love