चार हजार भन्दा बढीकाे नमूना परीक्षण गर्दा ७४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टीजेन गरी चार हजार एक सय २६ जनाको नमूना परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप एक सय १६ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ८३ जनामा झरेको छ ।
Share your love