कला, संस्कृति र पर्यटनसँग उत्पादन जोड्नुपर्छ : मन्त्री किराँती

पर्यटन तथा नागरिक उड्डडनमन्त्री सुदन किरातीले कला, संस्कृति र पर्यटनसँग उत्पादन जोड्नुपर्ने बताएका छन् । शुक्रबार सिरूबारी सामुदायिक होमस्टेको २५ औं रजत जयन्तीको उद्घाटन गर्दै मन्त्री किराँतीले पर्यटनको प्रवर्द्धनमा आर्थिक पक्षलाई ध्यान दिनुपर्ने बताएका हुन्।उनले गाउँ विकासका लागि स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए ।

‘होमस्टे भनेर बजारको ब्याज किने आर्थिक विकास कसरी हुन्छ ?,’ उनले भने, ‘होमस्टेसँग आर्थिक जोड्नै पर्छ ।’ नेपाली पर्यटन र विकास सिरूबारी होमस्टे रहेको उनले बताए । उनले प्रविधि र पुँजीक‍ो अभावमा होमस्टेको कार्य रोक्न नमिल्ने बताउँदै निरन्तरताको लागि सरकारले सहयोग गर्ने बताए ।

संस्थापक क्याप्टेन रूद्रमान गुरूङलाई स्मरण गर्दै उनले सिरूबारी सदरमुकामबाट टाढा भए पनि होमस्टेकै कारण यहाँको गाउँले विकासमा फड्को मारेको बताए । पुराना गाउँ, पुराना बस्तीभित्र सफा सुघ्घर घर नै होमस्टेको पहिचान रहेको उनले बताए ।
Share your love