एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा आज नेपाल र मलेसिया खेल्दै

एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा समूह चरणको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् । खेल मलेसियाको राजधानी क्वालालम्पुरको बायुमास ओभलमा बिहान सवा ७ बजेदेखि सुरु हुनेछ ।

समूह ‘ए’ को पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपाल सेमिफाइनलमा पुगिसकेको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्नेछ । मलेसिया पनि पहिलो खेलमा थाइल्यान्डलाई १ सय १८ रनले पराजित गरी सेमिफाइनलमा पुगेको छ ।

समूह ‘ए’ मा नेपाल, थाइल्यान्ड र मलेसिया तथा समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया रहेका छन् । समूह ‘बी’ बाट सिंगापुर र हङकङबीच आज हुने खेलमा समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइनलकाे खेल भोलि शनिवार हुनेछन् ।

 

Share your love