एसईई सकेर फर्किँदै गरेका विद्यार्थी चढेको जीप दुर्घटना : एक जनाको ज्यान गयो, तीन जना घाइते

कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।  घाइते तीन जनाको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

अत्तरियामा रहेको दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसईई दिएर घर फर्किँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार ज्यान गुमाउने ठगुन्ना र घाइतेहरु चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी हुन् ।

 

Share your love