एमालेलाई सरकार बनाउन हताराे छैन : गाेकर्ण विष्ट

रुपन्देही – नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफूहरू सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताउनुभएको छ ।  आज आइतवार बुटवलमा पत्रकारसँग कुरा गर्दै सचिव विष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताउनुभएको हो ।

उहाँले आफूहरू जनमतको विपरीत सरकार निर्माणका लागि अवाञ्छित र गैरसंसदीय गतिविधि नगर्ने बताउनुभयो । एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडि नहट्ने उहाँकाे भनाइ थियाे ।

सचिव विष्टले विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहना विरुद्धका काम नगर्ने बताउनुभयो । सरकार बनाउनका लागि एमालेललाई हतारो नभएको उहाँले उल्लेख गर्नुभयाे ।

सचिव विष्टले एमालेलाई कमजोर बनाउनका लागि गएकाे चुनावमा वामपन्थीहरूले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेकाे दाबी गर्नुभयाे । उहाँले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको पनि जिकिर गर्नुभयाे ।

 

Share your love