साढे २७ अङ्कले घटेर शेयर बजार राताम्मे, १ अर्ब १५ करोड रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले घटेर १ हजार ८ सय ५५ दशमलव ०६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से घटेकाे दिन दुई सय ५० वटा कम्पनीकाे ३७ लाख ७८ हजार कित्ता शेयर एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै कृषि विकास बैंकको शेयर छ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ ।

आज पिपुल्स हाइड्रोपावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा महालक्ष्मी विकास बैंक र मञ्जुश्री फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि इष्टर्न हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर साढे नौ प्रतिशत र धौलागिरि लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

Share your love