एक सय मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन ।

एथलेटिक्सको सय मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

हिट चरणमा उनले कीर्तिमान बनाइन् । यसअघि देविमाया पनेरुको नाममा १२ दशमलव १९ सेकेण्डकाे राष्ट्रिय कीर्तिमान रहेकाे चौधरीले त्यति दूरी १२ दशमलव १५ सेकेण्डमा पूरा गरिन् ।

आठौँ सागमा इलेक्ट्रिकल टाइम हो भने अहिलेको समय ह्याण्ड टाइम हो । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदैछन् ।

Share your love