उपराष्ट्रपतिका उम्मेदवार यादव भोट माग्दै नेपालनिवासमा

उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्।

यादवले साेमबार बिहान नेपालनिवास कोटेश्वर पुगेर आगामी चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।

भेटघाटका क्रममा नेता नेपालले आफू र आफ्नो पार्टीले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जसपाका नेता प्रदीप यादवले बताए।

Share your love