उपनिर्वाचन हुने तीन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तोकिए

निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रमा  मुख्य निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगले आगामी १० गते हुने प्रतिनिधिसभासदस्‍य उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर-२ का लागि जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, बारा क्षेत्र नम्बर २ का लागि मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर-१ का लागि कमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्याल खुल्नेछ भने उपनिर्वाचनका लागि २० गते उम्‍मेदवारीको मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।
Share your love