उत्तर कोरियालाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो बनाउने नेता किमको घोषणा

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो लक्ष्य देशलाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो देश बनाउने घोषणा गर्नुभएकाे छ ।

उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएका अनुसार ह्वासङ सेभेन्टिन क्षेप्यास्त्रको सफल प्रक्षेपणमा सैनिक अधिकारीहरुको बढुवा गर्ने आयाेजित कार्यक्रममालाई सम्बाेधन गर्दै नेता किमले यस्तो घोषणा गर्नुभएको हो । उत्तर कोरियाली जनताको गरिमा र देशको सार्वभौमिकता रक्षाका लागि आणविक हतियार विकास गरिरहेको उहाँले बताउनुभयाे ।

उहाँले विश्वकै सबै भन्दा शक्तिशाली हतियार विकास गरी देशलाई शताब्दीकै अभूतपूर्व शक्तिशाली देश बनाउने लक्ष्य रहेको बताउनुभयो । अमेरिकासम्म मार हान्न सक्ने ह्वासङ सेभेन्टिन विश्वकै शक्तिशाली रणनीतिक हतियार भएको दावी समेत उहाँले गर्नुभएकाे छ । किमले यसले उत्तर कोरिया विश्वकै शक्तिशाली सेना हो भन्ने पुष्टि गरेको दावी केसीएनएले जनाएको छ ।

नेता किमले आफ्नी छोरीका साथमा सैनिक अधिकारी वैज्ञानिक तथा इन्जिनियरहरूसँग फोटो सेसन समेत गर्नुभएको थियो ।

Share your love