मधेस प्रदेशसभामा यस पटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले  जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ ।

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यस पटक पनि पुनः दोहोरिएका छन् भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारको समेत उल्लेख्य सङ्ख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ ।

एक कार्यकाल मुख्यमन्त्रीका रुपमा सरकार सञ्चालन गरी सक्नुभएको लालबाबु राउत फेरि दोहोरिनुभएको छ । जनता समाजवादी पार्टी ९जसपा० का केन्द्रीय नेतासमेत रहनुभएको उहाँ पर्सा क्षेत्र नं १ ९२० बाट निर्वाचित हुनु भएको छ ।

कांग्रेस नेता रामसरोज यादव धनुषा क्षेत्र नं ३ ९१० बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । रामसरोज यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसक्नु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेता जितेन्द्र सोनल पनि  बारा क्षेत्र नं ४ ९२० बाट दोस्रो पटक निर्वाचित हुनुभएको छ । सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री  भइसक्नुभएको छ ।

त्यस्तै पर्सा क्षेत्र नं २ ९२० बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित हुनु भएको छ । उहाँ २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित हुनु भएको थियो । पर्साकै क्षेत्र नं ४ ९१० बाट कांग्रेसका शङ्करप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । दोस्रो पटक निर्वाचित हुनुहुनेमा रौतहट–४ ९२० बाट जसपाका शेष अबुल कलाम आजाद पनि पर्नुहुन्छ ।

यसैगरी सर्लाहीबाट चार जना प्रदेश सांसद दोस्रो पटक निर्वाचित हुनु भएको छ । सर्लाही क्षेत्र नं १ ९१० बाट लोसपाका उपेन्द्र महतो र ९२० बाट वेंची लुङेली, क्षेत्र नं ३ ९२० बाट जसपाका सञ्जयकुमार यादव तथा क्षेत्र नं ४ ९१० बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित भई सिट सुरक्षित गर्नुभएको छ । कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत भइसक्नु भएको छ ।

त्यस्तै महोत्तरी क्षेत्र नं ३ ९१० मा लोसपाबाट उम्मेदवार बन्नुभएका अभिराम शर्मा र ३ ९२० बाट रानी शर्मा पुनःनिर्वाचित हुनु भएको छ । अभिराम शर्माले सामाजिक विकास राज्यमन्त्री को समेत जिम्मेवारी सम्हाली सक्नुभएको छ । उहाँले मधेस प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिनु भएको जसपाका दीपेन्द्र झालाई झिनो मतले पराजित गर्नुभएको हो । धनुषा क्षेत्र नं २ ९२० मा जसपाका रामाशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सप्तरी क्षेत्र नं ३ ९१० मा कांग्रेसका मोहम्मद समिम पनि दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

केही नयाँ अनुहार

पर्सा क्षेत्र नं १ ९१० बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी, पर्सा क्षेत्र नं २ ९१० बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल, पर्सा क्षेत्र नं ३ ९२० बाट जित्नु भएको कांग्रेसका जनार्दन सिंह क्षेत्रीको प्रदेशसभामा यो पहिलो यात्रा हो । यस्तै बारा क्षेत्र नं ३ ९१० बाट निर्वाचित एमालेको रवीन्द्र दास श्रेष्ठ, बाराकै क्षेत्र नं ४ ९१० बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ हुनुहुन्छ ।

रौतहटमा प्रदेशसभामा निर्वाचित सातमध्ये छ नयाँ हुनुहुन्छ । क्षेत्र नं १ ९१० बाट नागेन्द्र साह र ९२० बाट कृष्णप्रसाद यादव निर्वाचित निर्वाचित हुनु भएको छ । कांग्रेसका दुवै नेताको पनि यो प्रदेशसभाको पहिलो यात्रा हो । कृष्ण यादव कांग्रेसका प्रदेश सभापति पनि हुनुहुन्छ । क्षेत्र नं २ ९१० मा एमालेका मोहम्मद जैद आलम, क्षेत्र नं २ ९२० बाट निर्वाचित कनिश पटेल, क्षेत्र नं ३ ९१० मा स्वतन्त्र उम्मेदवार केशव राय र क्षेत्र नं ४ ९१० मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ हुनुहुन्छ ।

यसैगरी सर्लाही–४ ९२० मा माओवादीका फकिरा महतो र धनुषा–२ ९१० मा एमालेका लखन दास तत्मा निर्वाचित हुँदै पहिलो पटक सांसद बन्नुभएको छ । सप्तरीका छ स्थानको नतिजा आउँदा प्रदेशसभा पुग्ने पाँच नयाँ हुनुहुन्छ । यसमध्ये चार जनमत पार्टीका हुनुहुन्छ । क्षेत्र नं ३ ९२० मा शम्भुकुमार साह, क्षेत्र नं २ ९१० मा सतिशकुमार सिंह, क्षेत्र नं २ ९२० मा महेशप्रसाद यादव र क्षेत्र नं १ ९२० मा सकिल मियाँ निर्वाचित हुनुभएको छ । क्षेत्र नं १ ९१० मा जित्नु भएको एमालेका राजकुमार लेखी पनि नयाँ नै हुनुहुन्छ । लेखीसँग यसअघि प्रदेश सरकारको नीति तथा योजना आयोगमा सदस्य भएर काम गरेको अनुभव छ ।

मन्त्री पराजित 

विसं २०७४ मा निर्वाचित भई प्रदेशका महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालु भएका केही मन्त्रीले भने यस पटकको निर्वाचनमा पराजय व्यहोर्नु परेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हुँदै हाल अर्थमन्त्री रहनु भएका शैलेन्द्र साह सप्तरी क्षेत्र नं २ ९१० मा पराजित हुनुभएको छ ।

यस्तै पाँच वर्षसम्म भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रह्नु भएका योगेन्द्र राय यादव पनि पराजित हुनु भएको छ । उहाँ रौतहट–१ ९२० मा उम्मेदवार हुनुहुन्थ्यो । प्रदेश मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर निर्वाचनमा होमिएका दीपेन्द्र झा पनि पराजय व्यहोर्नु परेको छ । रासस