इन्धनको मूल्यसँगै घट्यो हवाई भाडादर

सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएसँगै हवाई भाडा समेत घटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आइतबार निगमले इन्धनको मूल्य घटाएको थियो ।

गत बिहीबार प्रधानमन्त्री दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन दिनु भएको थियो ।

यो सँगै विभीन्न स्थानहरुको हवाई भाडा घटेको छ । काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई भाडाका लागि मात्र ८ हजार ३सय ९५ रुपैयाँ तिरिरहेको बेला ८ सय ८५ रुपैयाँ भाडा घटेर ७ हजार ५ सय १० रुपैयाँ पुगेको छ ।

यसैगरी बिराटनगरका लागि ४ सय ८५, जनकपुरका लागि २ सय ६०, भरतपुरका लागि २ सय १५, पोखराका लागि ३ सय २०, काठमाडौंबाट हुने माउन्टेन फ्लाइटका लागि ६ सय ८५ र काठमाडौंबाट भद्रपुरका लागि ६ सय रुपैयाँ भाडा घटेको छ ।

Share your love