अबको कार्यकाल सुशासन र समृद्धिका लागि हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको अबको कार्यकाल सुशासन र समृद्धिका लागि हुने बताउनु भएकाे छ ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै दाहालले संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताउनु भयाे ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको समेत बताउनु भयाे ।

‘विना इर्ष्या मनैदेखि भन्न चाहन्छु । यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो, उहाँहरुमा केही गरौं भन्ने हुटहुटी छ । यो संसदको पुँजी हो, तपाईहरुलाई हृदयदेखि नै स्वागत छ’ उहाँले भन्नुभयाे।

मुलुकमा केही हुँदैन भन्ने हीन भावना भएका बेला गरे के हुँदैन भन्ने भावना जगाउनुपर्ने प्रधानमन्त्री उहाँले बताउनु भयाे ।

उहाँले आफूहरुलाई समस्या केलाएर बस्ने मात्र छुट नभएको भन्दै समाधानको सूत्र पहिल्याउनुपर्ने बताउनु भयाे ।

Share your love