आर्थिक सङ्कट समाधानका लागि हामी सबै एकै ठाउँमा उभिनुकाे विकल्प छैन : शेखर काेइराला

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

आइतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद काेइरालाले देशकाे अर्थतन्त्रलाई सबल बनाउन र नागरिककाे अपेक्षाअनुसार काम गर्न संसद्, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनुभयाे ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको अर्थतन्त्रमा देखिएका सङ्कट हटाउनका लागि सबै मन्त्रीहरूलाई नैतिकरूपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिनुभयो ।

सांसद कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढ्नुपर्ने भएकाले त्यहीअनुसार विज्ञहरूको परामर्श लिएर अघि बढ्न पनि सरकारलाई सचेत गराउनुभयो ।

 

Share your love