आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हरायो

आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हराएको छ । मेलबर्नमा भएको खेल वर्षाले प्रभावित भएपछि आयरल्यान्ड डकवर्थ लुइस नियमको आधारमा पाँच रनले विजयी भएको हो ।

आयरल्यान्डले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १४ ओभर तीन बलमा पाँच विकेट गुमाएर एक सय पाँच रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । खेल फेरि सुरु हुन नसकेपछि आयरल्यान्ड डकवर्थ लुइस नियमको आधारमा पाँच रनले विजयी भएको हो ।

इङ्ग्ल्यान्डका लागि डेविड मलानले ३५ र मोइन अलीले नटआउट २४ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जोशुआ लिटिलले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै एक सय ५७ रन बनायो । उसका एन्ड्रियु बालबर्नीले ६२ र लोरकन टकरले ३४ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क वुड र लायम लिभिङस्टोनले तीनरतीन विकेट लिए ।

प्रतियोगितामा यो आयरल्यान्डको पहिलो जित हो भने इङ्ग्ल्यान्डको पहिलो हार हो । यो जितसँगै आइरल्यान्ड दुई अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । इङ्ग्ल्यान्ड भने तेस्रो स्थानमा झरेको छ । यी दुवै टोली समूह ुएु मा छन् ।

यही मैदानमा अहिले केही बेरमा समूह ुएु कै न्युजिल्यान्ड र अफगानिस्तान खेल्दै छन् ।

 

Share your love