चिकित्सक संघद्वारा डाक्टरमाथि भएको हातपातमा संलग्नलाई कारबाहीको माग

काठमाण्डौ – नेपाल चिकित्सक संघले गोरखा जिल्ला अस्पतालमा डाक्टरमाथि भएको हातपातमा संलग्नलाई कारबाहीको माग गरेको छ ।संघले आज विज्ञप्ति निकालेर कात्तिक ६ गते जिल्ला अस्पतालमा कार्यरत डा।अविनाश पराजुलीलाई हातपात गरिएको घटनाप्रति निन्दा समेत गरेको छ ।

घटनामा संलग्न दोषीलाई तत्काल छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ९पहिलो० संशोधन ऐन–२०७९ बमोजिम कानुनी कारबाही गर्न र स्वास्थ्य संस्थामा आवश्यक शान्ति सुरक्षा प्रदान गर्न पनि संघले सरकारसँग माग गरेको छ ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खटिएका डाक्टरलाई शारीरिक हातपात, अभद्र व्यवहार र धम्कीदिने क्रियाकलापले स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक असर पर्ने भएकोले गम्भीर बन्नुपर्ने संघका महासचिव डा। बद्री रिजालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

थाइराइडको नियमित परीक्षणका लागि आएकी एक महिलालाई डाक्टर पराजुलीले यसअघि परीक्षण गरिएको रिपोर्ट ल्याउन भनेको तर बाहिर निस्किएकी ती महिलाले ३ जना युवा बोलाएर कुटपिट गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।

कुटपिटमा गोरखा नगरपालिकाका मिलनसिं कुँवर, समीर कुँवर र अनुप बस्नेत संलग्न रहेको अस्पतालले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।

Share your love