आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिए

बझाङ – बझाङको बुङ्गल नगरपालिका(९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

रारुका २२ वर्षीया गीता पार्की, उहाँकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिनुभयो।  मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन ।

गएराति उहाँका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिनुभएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ ।

Share your love