आत्महत्या गर्न खोज्दा किशोरी घाईते

वीरगंज –आत्महत्याको प्रयास गर्दा वीरगंजकी एक किशिरी गम्भीर घाईते भएकी छन । वीरगंज महानगरपालिका वडा नम्बर १४ बहुअरी बस्ने १५ किशोरी सावाना खातुनले चार तलामाथि बाट हामफालेर आत्महत्याको प्रयास गर्दा गम्भीर घाईते भएकी प्रहरीले जनाएको हो ।

वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लिमा रहेको विद्यासदन माध्यमिक बिद्यालयमा अध्यनरत खातुन चार तलामाथि बाट हामफालेर आत्महत्या गर्न खोज्दा माथिबाट खसेर उक्त विद्यालयको कम्पाउण्डमा फसेर बाचेकी छन ।

खातुनको खुट्टा र दुवै हातमा गम्भीर चोट लागेको र उनको अहिले वीरगंजका मेडिसिटि व्योध्या अस्पतालको आईसीयुमा राखेर उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताउनुभयो  ।

घाईते खातुनकी आमाको केहि महिना अगाडी निधन भएको र उनको बुवा अर्को बिबाह गरेकोले उनि तनाव रहदै आएको स्थानीय बताउछन ।आमाको निधनपछी बुवाले अर्को बिबाह गरे लगतै खातुनवीरगंज महानगरपालिका वडा नम्बर १२ बहुअरीमा रहेको आफ्ना मामाको घर बस्दै आएकी थिईन ।

Share your love