जसपामा प्रवेश गर्नेहरुको लहर बढ्यो

वीरगंज-प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिए संगै बिभिन्न पार्टी परित्याग गरेर जनता समाजबादी पार्टी नेपालमा प्रवेश गर्नेहरुको लहर बढेको छ ।

आज शुक्रबार एक कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टी एमाले पटेर्वा सुगौली गाउँपालिकाका प्रभावसाली नेता सत्यनारायण यादव र नेपाली कांग्रेसका नेता राजकुमार रौनियार पार्टी परित्याग गरी जसपामा प्रवेश गर्नुभएको छ ।

नेता रौनियार र यादव सहति बिभिन्न नेता कार्यकर्ताहरुले समेत आजै जसपामा प्रवेश गरेका हुन् ।

उक्त अवसरमा जसपाका केन्द्रीय सदस्य हरिनारायण रौनियार मधेश रदेश परिषद सदस्य शिव कुमार साह , क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव , जसपा नेताहरु प्रमोद उपाध्याय , रामबहादु पण्डित लगायतको उपस्तिथी रहेको थियो ।

Share your love