आठ दलीय गठबन्धनले रोक्यो संयुक्त अभिमुखीकरण भेला

आठ दलीय गठबन्धनले संघ र प्रदेशसभा सांसदहरु संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित गरेको छ ।

गठबन्धनले फागुन २४ गते अभिमुखीकरण दिन संघ र प्रदेशसभा सदस्यहरुको संयुक्त भेला बोलाएको थियो । तर, निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

आठ दलले संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन बोलाएको थियो । आगोगका अनुसार आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागु हुनेछ ।

पुरानो गठबन्धन व्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि गठबन्धनले बिहीबार संघीय सांसद र शुक्रबार प्रदेश सांसदलाई अभिमुखीकरण दिएको थियो ।

Share your love